तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा एमालेको ११ स्थानीय तहको अधिवेशन सम्पन्न

वीरगंज । नेकपा एमालेको आज वीरगंजसहित पर्सा जिल्लाका ११ वटा स्थानीय तहमा पालिका स्तरका कमिटीको अधिवेशन सम्पन्न भएको छ ।

पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो । 

विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन भइरहेको छ । अधिवेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीबाट आज दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्नु भएको नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजराले बताउनुभयो । 
आज वीरगंज महानगरपालिका सहित पर्सागढी, पोखरीया, बहुदरमाई नगरपालिका र ठोरी, पटेर्वा सुगौली, जिराभवानी, विन्दवासिनी, जगरनाथपुर, धोविनी लगायतका गाउँपालिकाहरूमा सर्वसम्मत रुपमा नगर तथा गाउँपालिका स्तरीय अधिवेशनले नेतृत्व चयन गरेको छ । 

त्यसै गरी बुधवार धोविनी गाउँपालिका र बिहीबार कालिकामाई र पटेर्वासुगौली गाउँपालिकाको नेतृत्व चयन गर्ने नेकपा एमालेका जिल्ला अध्यक्ष हजराले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button