तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकासँग नेपाल ६ विकेटले पराजित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल अमेरिकासँग पराजित भएको छ ।
ओमनमा भएको खेलमा नेपालले दिएको १ सय ७५ रनको सामान्य लक्ष्य अमेरिकाले २९ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो ।

नेपालका लागि सन्दिप लामिछाने र करण केसीले समान दुई विकट लिए । यसअघि टस हारेर व्याटिङ गरेको नेपालले ४८ ओभरमा अलआउट हुँदै १ सय ७४ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि ओपनर आसिफ शेख ५ रन हुँदा आउट भएका थिए । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर कुशल भुर्तेलबीच ५१ रनको साझेदारी भयो ।

भुर्तेल ३६ रनमा आउट भए । कत्पान ज्ञानेन्द्र मल्लले ५५ रन बनाएर आउट हुँदा राष्ट्रिय टिममा डेव्यु गरेका गुल्शन झाले २८ रन बनाए । सन्दि लामिछानेले ११ रन बनाए भने शुसान भारीले २ रन बनाए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button