तपाईँ सुन्दै हुनुहुन्छः

दुई कानुन संशोधन गर्न कानुन समितिको निर्देशन

काठमाडौं।संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिले मुलुकी अपराध संहिता, २०७४ को गर्भ संरक्षण विरुद्धको कसुर परिच्छेद खारेज गर्न निर्देशन दिएको छ ।

समितिमा सोमबार भएको छलफलका क्रममा सभापति कृष्णभक्त पोखरेलले संहिताको सो परिच्छेद सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को परिभाषा, परिच्छेद ४ र कसुर र सजाय परिच्छेदमा संशोधन गर्न स्वास्थ्य तथा जनसङ्ख्या र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिनुभएको हो ।

बैठकमा सांसद लक्ष्मणलाल कर्ण, शेरबहादुर तामाङ, मीनबहादुर विश्वकर्मा, स्वास्थ्य सचिव डा रोशन पोखरेललगायतले बाझिएको कानुन संशोधन गरिनुपर्नेमा जोड दिनुभएको थियो ।

बैठकमा महिला, कानुन र विकास मञ्चका तर्फबाट दुवै कानुनबारे प्रस्तुत गर्दै कार्यकारी निर्देशक सविन श्रेष्ठले कानुन बाझिँदा भएका समस्याका बारेमा सांसद एवं समितिलाई जानकारी गराउनुभएको थियो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button