तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवालाई भारतीय राजदूतको बधाई

काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवा निवास बूढानीलकण्ठ पुगेर उहाँले बधाई तथा शुभकामना दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो अवसरमा परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले दुई देशबीचको युगौँ पुरानो मैत्रीपूर्ण सम्बन्धको सम्झना गर्दै बधाईका लागि उहाँलाई धन्यवाद दिनुभयो । कांग्रेस संसदीय दलका नेता देउवाले मङ्गलवार प्रधानमन्त्रीमा नियुक्त भई पद तथा गोपानीयताको शपथपछि कार्यभार सम्हाल्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button