तपाईँ सुन्दै हुनुहुन्छः

वामपन्थी नेता मानन्धर र रावलको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धर र नेकपा (एमाले) कैलालीका लोकप्रिय नेता नवलसिंह रावलको निधन प्रति शोक बक्तव्य मार्फत दुःख व्यक्त गर्नुभएको छ ।

तत्कालीन नेकपा (संयुक्त)का अध्यक्ष तथा नेपाली कम्युनिष्ट आन्दोलनका प्रथम पुस्ताका नेता कमरेड विष्णुबहादुर मानन्धरको सोमबार ९१ वर्षको उमेरमा निधन भएको थियो । प्रधानमन्त्रीले शोक वक्तव्यमा मानन्धरको निधनको खबरले आफुलाई अत्यन्त दुःखित तुल्याएको भन्दै दुःखद् घडीमा दिवंगत विष्णुबहादुर मानन्धरप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्नुभएको छ । प्रधानमन्त्री ओलीले जहानियाँ राणा शासन विरुद्धको संघर्ष, पन्चायत विरुद्घको संघर्ष लगायतका आन्दोलनमा मानन्धर सक्रिय रहनु भएको उल्लेख गर्नुहुँदै मानन्धरले नेपाल कम्युनिष्ट पार्टीको स्थापना कालदेखि नै पार्टीमा संगठित रहेर पु¥याउनु भएको योगदानको स्मरण गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले मानन्धरको निधनबाट नेपालको कम्युनिष्ट आन्दोलनले निष्ठावान, सादगी र इमान्दार नेतालाई गुमाएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेता मानन्धरले नेपालको वाम लोकतान्त्रिक र प्रगतिशील आन्दोलनमा पुराउनुभएको योगदानको चिरकालसम्म स्मरणीय रहने उल्लखे गर्नुभएको छ ।

त्यसैगरी प्रधानमन्त्री ओलीले कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष तथा नेकपा (एमाले) कैलालीका लोकप्रिय नेता नवलसिंह रावलको यही चैत १७ भएको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

लामो समयसम्म कैलालीमा नेकपा (एमाले)को नेता, सामाजिक परिवर्तनका अभियन्ता तथा लोकप्रिय जनप्रतिनिधिका रुपमा दिवंगत रावलले पु¥याउनु भएको योगदान कैलालीका जनताको मानस्पटलमा स्मरणीय रहने प्रधानमन्त्रीको शोक बक्तव्यमा उल्लेख छ । प्रधानमन्त्री ओलीले रावलको निधनले नेकपा (एमाले)ले निष्ठावान,सादगी र इमान्दार नेतालाई गुमाएउन पुगेको र कैलालीका जनताले विकासप्रेमीजनप्रतिनिधिलाई गुमाएके उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button