तपाईँ सुन्दै हुनुहुन्छः

घुस लिएको अभियोगमा मुद्दा दायर    

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासु वेदनिधि बराल र हरिवनका लेखापढी व्यवसायी रामसुन्दर महत्तोविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले नायब सुब्बा बराल र लेखापढी व्यवसायी महत्तोले जग्गाधनी दर्ता प्रमाणपत्रमा नाम संशोधनबापत सेवाग्राहीसँग ११ हजार रुपैयाँ घुस लिएको अभियोगमा अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।

यस्तै, आयोगले आजै विद्युत् मिटरको क्षमता वृद्धि गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग आठ हजार रुपैया घुस मागेको अभियोगमा नेपाल विद्युत् प्राधिकरण सर्लाहीको वरहथवा वितरण केन्द्रमा कार्यरत इलेक्ट्रिसियन मनोजकुमार पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यस्तै आयोगले घरायसी प्रयोजनका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिने भन्दै स्थानीयवासीबाट १५ हजार रुपैयाँ घुससहित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प महोत्तरीमा कार्यरत वरिष्ठ हवल्दार श्रवण बस्नेतलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button