तपाईँ सुन्दै हुनुहुन्छः

५२ लाख बढीको सामानसहित बस र ट्रक प्रहरी नियन्त्रणमा

सुनसरी । भारतबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको ५२ लाख भन्दा बढीको सामानहरूसहित बस र ट्रक सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबारदेखि मङ्गलवारसम्म चेकिङको क्रममा भन्सार छलेर ल्याउँदै गरेको खाद्यान्न, लत्ता कपडा, स्टिलका भाडा वर्तन, सुर्तीजन्य पदार्थ, भैँसीको पाडा नियन्त्रणमा लिइएको हो ।

ती सबैको मूल्य ५२ लाख ८५ हजार ३ सय ३५ रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अवैध सामान ढुवानीमा प्रयोग भएको को १ ख ७१५३ नम्बरको ट्रक र बा ४ ख ८०६१ नम्बरको बसको चालक पनि पक्राउ परेका छन् ।

बरामद भएको सामानहरूलाई आवश्यक कारबाहीको लागि सेतुबन्धु भन्सार कार्यालय कोसी ब्यारेज पठाइएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button