तपाईँ सुन्दै हुनुहुन्छः

बालबालिकाहरूलाई न्यानो कपडा वितरण 

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाले शुक्रवार बाल विकास केन्द्रका बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरेको छ ।

शङ्कर माध्यमिक विद्यालय रुपनगरमा रहेको बाल विकास केन्द्रमा अध्ययन गर्ने ४५ जना बालबालिकालाई न्यानो कपडा वितरण गर्दै नगर प्रमुख वसन्त कुमार मिश्रले जाडोको समयमा साना नानीहरूलाई विद्यालय आउन समस्या हुने भएकाले न्यानो कपडा वितरण गरिएको बताउनुभयो ।

नगरपालिका शिक्षा शाखाका ललितनारायण यादवले २५ वटा सामुदायिक विद्यालयमा ४२ वटा बालविकास केन्द्र रहेको र सबै बालविकास केन्द्रमा न्यानो कपडा वितरण गरिने बताउनुभयो ।

उपप्रमुख निरु पोखरेलले मदर्सामा अध्ययन गर्ने साना बालबालिकाहरूलाई समेत न्यानो कपडा वितरण गरिने जानकारी दिनुभयो ।

न्यानो कपडा वितरण कार्यक्रममा अभिभावक, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button