२०७८ साल मंसिर २२ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

शुक्रबार र शनिबार राजधानीका विभिन्न स्थानमा बिजुली काटिने

रेडियो नेपाल २०७७ पुष ३ गते १०:२२

फाइल तस्बिर

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म राजधानी काठमाडौँका विभिन्न स्थानमा बिजुली काट्ने भएको छ । प्राधिकरणका अनुसार शुक्रबार बिहान तीन घण्टा र शनिबार मध्यान्ह १२ देखि ३ बजेसम्म पनि बिजुली कटौती हुने भएको छ । बालाजु सवस्टेशन भित्रको ११ केभीको ब्रेकर जडान गर्नुपर्ने भएकाले उक्त सवस्टेशनबाट वितरित बिजुली काटिनेछ ।

त्यसमा बालाजु औद्योगिक क्षेत्र, ढुङ्गेधारा, महाराजगञ्ज, नयाँ बजार, धर्मस्थली फिडर सटडाउन हुनेछ । बिजुली काटिँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले माफी मागेको छ । निर्धारित कार्य समयअगावै सम्पन्न भएका सो समयभन्दा अगावै बिजुली आउनेसमेत प्राधिकरणले जनाएको छ ।

सम्बन्धित