तपाईँ सुन्दै हुनुहुन्छः

जनहित उपभोक्ता समिति सिमराको १४ औँ साधारण सभा सम्पन्न

बारा । पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तरगत रहेको जनहित उपभोक्ता समितिको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बाराको सिमरास्थित आफ्नै भवनमा समितिको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सुन्दर बहादुुर विश्वकर्माले पर्सा राष्ट्रिय निकुञ्ज भित्र पर्ने यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकारको महत्वपुुर्ण भुमिका रहने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका बिश्वकर्माले पर्यटनको प्रबल सम्भावना रहेको यस क्षेत्रलाई प्रदेश नम्बर २ कै मुख्य पर्यटकीय क्षेत्र बनाउन केन्द्र, प्रदेश र स्थानिय सरकारकै ध्यान रहेको जानकारी दिनुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले बनमा आश्रित समुदायको आयश्रोत बढाउन समिति विभिन्न रचनात्मक कार्य गर्दै आएको उल्लेख गर्नुभयो ।

समितिको १४ औँ वार्षिक साधारण सभामा प्रत्येक वर्ष प्रदान गर्दै आएको जनहित उपभोक्ता समिति पत्रकारिता पुरस्कार बाराका सञ्चारकर्मी प्रकाश लम्साललाई प्रदान गरेको छ ।

कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका रेन्जर दिपक तिवारी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जग्गनाथ घिमिरे, नेकपाका केन्द्रिय सदस्य दिनेश राई, नेपाली कांग्रेसका छविलाल शर्मा, जसपाका राजाराम साह, नेकपाका नेता देवनारायण चौधरी, समाजिक अभियन्ता मनोज पौडेल लगाएतको उपस्थिति रहेको थियो ।

पेशलकुमार मुल्मीको सहजीकरणमा सम्पन्न यस कार्यक्रममा शंकर पाख्रिनले स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button