तपाईँ सुन्दै हुनुहुन्छः

चिया श्रमिकको सम्मानमा प्रतिमा निर्माण

इलाम। चियाको राजधानी मानिने इलाममा चिया श्रमिकको सम्मानमा प्रतिमा निर्माण गरिएको छ । इलाम नगरपालिकास्थित चोकबजारमा प्रतिमा निर्माण गरिएको हो । प्रतिमामा एक महिलाले चिया टिपेर पछाडि डोकोमा राख्दै गरेको देखिन्छ । सोही प्रतिमाको विश्व मानवअधिकार दिवसको अवसमा अनावरण गरियो ।

नगरका सूचना अधिकारी रामकुमार शाहका अनुसार सो प्रतिमा तामा र पित्तलबाट निर्माण गरिएको हो । नगरले चियाको प्रवद्र्धनका लागि चियाको बिरुवा रोपण शुरु गर्ने गजराजसिंह थापाको प्रतिमासमेत निर्माण गर्दैछ । इलामकै सबैभन्दा पुरानो इलामको चियाबारीको बीच लभडाँडामा सो प्रतिमा निर्माण गर्न थालिएको हो ।

चिया श्रमिकको सम्मानस्वरूप इलाम चोक बजारमा चिया टिप्दै गरेको श्रमिक महिलाको प्रतिमा पालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको बताइएको छ । नेपालमा तत्कालीन इलामका बडाहाकिम गजराजसिंह थापाको पहलमा चिया खेती शुरु भएको मान्यता रहिआएको छ ।

विसं १९२० मा पहिलो पटक चीनबाट चियाको बिरुवा झिकाएर खेती शुरु गरिएको हो । जिल्लालाई चियाको जिल्ला भनेर चिनाउन योगदान दिएबापत सम्मानस्वरूप थापाको प्रतिमा यसअघि नै निर्माण गरिसकिएको छ । चिया खेतीको विस्तारसँगै श्रमिकसमेत सोही समयदेखि सक्रिय रहेको भन्दै श्रमिकको सम्मानस्वरूप प्रतिमा निर्माण गरिनु आजको आवश्यकता बनेकाले निर्माण गरी चोकमा राखिएको पालिका प्रमुख महेश बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button