तपाईँ सुन्दै हुनुहुन्छः

भलिबल संघकी उपाध्यक्षद्वारा कोरोना प्रभावितका लागि खाद्यान्न सहयोग

काठमाडौं । नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले कोरोनाबाट प्रभावितका लागि खाद्यान्न सहयोग गर्नुभएको छ ।

उपाध्यक्ष मास्केले सडकपेटीमा रहेका सर्वसाधारणका लागि निशुल्क खाना वितरण गर्दै आएको हाम्रो टिम नेपाललाई खाद्यान्न सहयोग गर्नुभएको हो ।

मास्केले आईतबार बिहान अनामनगरस्थित हाम्रो टिम नेपालको कार्यालय पुगेर खाद्यान्न हस्तान्तरण गर्नुभयो । मास्केले यसअघि सञ्जय स्मृति फाउण्डेशनमार्फत कोरोना प्रभावित क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोग गर्नुका साथै राहत समेत वितरण गर्नुभएको थियो ।

कोरोना महामारीबाट आर्थिक संकट झेलिरहेका सयौं सर्वसाधारणलाई हाम्रो टिम नेपाल नामक संस्थाले निशुल्क खाना वितरण गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button