तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप २६ जना कोरोना संक्रमित निको भई डिष्चार्ज

नेपालगन्ज। बाँकेमा आज थप २६ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ८ सय ९९ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । अब आइसोलेसनमा ६ सय १ जना छन् । बाँकेमा हालसम्म २ हजार ५ सय २६ जनामा कोरोना पुष्टि हुँदा २६ जनाको भने मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button