तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोनालाई जित्ने बढ्दै, आज थप ४ जना डिष्चार्ज

नेपालगञ्ज । बाँकेमा आज कोरोना निको भएर ४ जना डिष्चार्ज भएका छन् । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसन वार्डमा रहेका नेपालगञ्जका २ र नरैनापुरका २ जना डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

कोरोना जित्नेमा पत्रकार, नर्स र प्रहरी समेत छन् । कोरोना जित्ने नेपालगञ्जका पत्रकार र नर्स श्रीमान श्रीमती हुन् । नरैनापुरको कालाफाँटा प्रहरी चौकीमा कार्यरत गुल्मीका प्रहरी पनि कोरानामुक्त भएका छन् ।

त्यस्तै नरैनापुरकै अर्की एक महिला पनि कोरोना संक्रमणबाट निको भएर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

उनीहरु सबै १५ देखि १७ औं दिनको अवधिमा डिष्चार्ज भएका हुन् । बाँकेमा हालसम्म ४५ जना निको भएर डिष्चार्ज भएका छन् । कुल संक्रमितको संख्या २ सय ६७ पुग्दा एकजनाको भने मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button