तपाईँ सुन्दै हुनुहुन्छः

विश्व वातावरण दिवसको अवसरमा महोत्तरीमा वृक्षरोपन

बर्दिबास । विश्व वातावरण दिवसको अवसरमा महोत्तरीमा वृक्षरोपन गर्न सुरु गरिएको छ ।

‘सुरक्षित जीवनका लागि जैविक विविधता’ भन्ने मूल नाराका साथ प्रदेश वन विकास तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत बर्दिबासस्थित नेवार डाँडा—कामी डाँडा सामुदायिक वनको खाली ठाउँबाट वृक्षरोपन सुरु गरेको हो ।

दिवसको अवसरमा प्रदेशसभा सदस्य शारदादेवी थाप सहितका स्थानीयले नेवार डाँडा—कामी डाँडाको भिर पाखामा पहिरो रोकथामका लागि चार सय बासका बिरुवा रोप्न सुरु गरेका छन् ।

चुरे जोगाऊँ, मधेस बचाऊँ भन्ने नाराका साथ डिभिजन वन कार्यालय महोत्तरी एक सात अघिदेखि नै वृक्षरोपन कार्यक्रम थालिसकेका छन् ।

चालु आवमा डिभिजन वन कार्यालयले साँढे आठ लाख बिरुवा वृक्षरोपन गर्ने डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्त साहले बताउनुभयो ।

उहाँका अनुसार, सम्म परेको ठाउँमा साल, सिसौ, कर्मा, टिक, सतिशाललगायतका प्रजातिका बिरुवा  लगाइनेछ ।

वृक्षरोपनमा गाउँले, स्थानीय सरकार र राजनीतिक दलको साथले वन कार्यालयका कर्मचारीहरू उत्साहित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button