तपाईँ सुन्दै हुनुहुन्छः

कास्की – २ उपनिर्वाचन : ३ हजार ७ सय मत सहित नेकपाको अग्रता

पोखरा । कास्की क्षेत्र नम्बर २ मा नेकपा कि उम्मेदवार विद्या भट्टराईलाई अग्रता मिलेको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले नेपाली कङग्रेसका उम्मेदवार खेमराज पौडेललाई ३ हजार ७ सय १ मतान्तरले फरक पार्नुभएको छ । भट्टराईले ६ हजार ७ सय ९५ मत प्राप्त गर्दा पौडेलले ३ हजार ९४ मत प्राप्त गर्नुभएको छ ।
सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई, नेपाली कांग्रेसबाट खेमराज पौडेल र साझा पार्टीबाट रजनी केसी प्रतिस्पर्धामा हुनुहुन्छ ।
उपनिर्वाचनका लागि ७१ हजार ८ सय ७१ मतदाता रहेको कास्की क्षेत्र नं. २ मा ६४.४ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button