तपाईँ सुन्दै हुनुहुन्छः

स्पेनको सरकारलाई इआरसीको समर्थन

काठमाडौं, ऐजेन्सी । स्पेनको विवादास्पद क्षेत्र क्याटलोनियाको सबै भन्दा ठूलो पृथकताबादी पार्टि इ.आर.सी ले क्याटलोनियालाई स्वतन्त्रता दिने सर्तमा स्पेनको नयाँ सरकारलाई समर्थन गर्ने घोषणा गरेको छ ।

स्वतन्त्रताको सर्त राखी सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने प्रस्तावलाई ९५ प्रतिशत इ.आर.सी सदस्यले समर्थन गरेका थिए ।
केही हप्ता अगाडि भएको आम निर्वाचनमा प्रधानमन्त्री पेद्रो सानचेजको समाजवादी पार्टी सबै भन्दा ठूलो पार्टिका रुपमा आएता पनि संसदमा उसको बहुमत थिएन ।

स्पेनको संसदमा इ.आर.सी को १३ सिटका कारण अब समाजवादी पार्टिको बहुमतको सरकार बन्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button