तपाईँ सुन्दै हुनुहुन्छः

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यस्तो छ तिहारमा ३ दिनको मौसम

काठमाडौं – आज शनिबार देशको केहि स्थानको मौसममा बदली भई पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पूर्वी तथा मध्य भुभागको केहि स्थानमा बदली हुने जनाइएको छ । आज मध्य तथा पूर्वी पहाडी भूभागमा सामान्य बदली रही पश्चिमका क्षेत्रमा मौसम सफा रहने जनाइएको छ ।

आज पूर्वी भेगका केहि स्थानमा मात्र हल्का पानी पर्ने समभावना रहेको छ । आज राति भने पूर्वी भूभागमा हल्का मौसममा बदली रहने जनाइएको छ । त्यस्तै भोली आइतबार पनि मध्य तथा पूर्वी पहाडी भूभागमा हल्का बदली रही अन्य भेगमा मौसम सफिा रहने जनाइएको छ । त्यस्तै  सोमबार पनि पूर्वी भूभागमा हल्का बदली रही पूर्वी पहाडी भेगका केहि स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button