तपाईँ सुन्दै हुनुहुन्छः

बिहानैबाट बिग्रियो माैसम, किसान चिन्तित

काठमाडौं । शुक्रबार बिहानदेखि मौसममा परिवर्तन आएको छ । जलतथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी बायुको प्रभावका कारण नेपालको पश्चिम भूभागको मौसममा परिवर्तन आएको हो ।

देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा मध्य र पूर्वको पहाडमा आंशिक बदली भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

शुक्रबार देशको पश्चिमी भू–भाग लगायत मध्य तथा पूर्वी पहाडि भू–भागमा आंशिक बदली रही पश्चिमी पहाडी भू–भागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ। बाँकी भू–भागमा मौसम सामान्यया सफा रहनेछ ।

यस्तै राति देशको पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही पूर्वी पहाडका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

मुलुकका अधिकांश ठाउँमा अहिले हिउँदे बाली भित्र्याउने समय छ । मौसम पूर्वानुमानले मनसुन बाहिरिएको भनेपनि फेरि मौसम शुरु हुने हो कि भन्नेमा किसान चिन्तित छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button