तपाईँ सुन्दै हुनुहुन्छः

मृतकका परिवारलाई बाह्राबिसे नगरपालिकाले एकमुष्ट ५ लाख दिने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० स्थित बडहरेबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बस दुर्घटनामा मृत्यु भएकाका परिवारलाई बाह्रबिसे नगरपालिकाले एकमुष्ट रु ५ लाख रकम दिने भएको छ ।दसैं मनाउन गाउँ गएका यात्री राजधानी फर्कनेक्रममा भएको सो बस दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो ।

बा२ख २७१५ नम्बरको सो बस सडकबाट २०० मिटर तल खसेको र बस चालककोसमेत मृत्यु भएको थियो ।केही घाइतेको अवस्था गम्भीर रहेको र मृतकको संख्या बढ्नसक्ने बताइएको छ ।बसमा ८० जनाभन्दा धेरै यात्री चढेका थिए । ‘ओभरलोड’कै कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । बस दुर्घटनाको उद्धारका लागि खट्ने स्थानीयवासी, प्रहरीलगायत सबैमा इन्द्रावती गाउँपालिकाले धन्यवाद दिएको छ ।

घाइतेको उपचारका लागि उक्त रकम सहयोग गरेको बाह्राबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले बताउनुभयो ।

आफन्तले शव बुझे

दुर्घटनामा मृत्यु भएका आफन्तहरुले शव बझुेर दाहासंस्कार समेत गरेका छन् । दुर्घटनास्थलमा मृत्यु भएकाहरुले सोही दिन शव बुझेका थिए भन्नुभयो अन्यले धुलिखेल अस्पतालमा आएर बुझेको प्रहरीले जानकारी दिएको छ । ‘मृतक ११ मध्ये १० जनाको आफन्तले शव बुझेका छन्, जुनादेवी लम्सालको श्रीमान विदेशमा रहेकाले शब बझ्न बाँकी छ’, डीएसपी काफ्लेले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button