तपाईँ सुन्दै हुनुहुन्छः

सडक र टेलिकम विरुद्ध नागरिक खबरदारी

दोलखा – लामोसाागु जिरी सडक सतरोन्नती हुन नसक्दा यात्रुहरुले सास्ती भोग्नु परेको र केहि दिन देखि ल्याण्ड लाईन तथा मोवाईन फोनमा समस्या भएपनि मर्मतमा चासो नदेखाएको भन्दै दोलखाका नागरिक अगुवाहरुले सडक डिभिजन कार्यालय र नेपाल टेलिकमको चरिकोट शाखामा तालाबन्दी गरिदिएको छ ।

सिटी जुलुससहित सडक डिभिजन कार्यालय र नेपाल टेलिकमको कार्यालय पुगेका नागरिक अगुवाहरुले कार्यालयका कर्मचारीहरुलाई बाहिर निकालेर कार्यालयमा ताला लगाएका थिए । तालाबन्दी पछि सातदोबाटो चोकमा खबरदारी सभाको आयोजना गर ि२४ घण्टा भित्र सुधारको काम सुरु नगरे थप आन्दोलन गर्ने दोलखाका नागरिक अगुवाहरुले बताएका छन् ।

खबरदारी सभामा नागरिक अगुवाहरु चिरञ्जीवी मास्के, दीपशङ्क चौलागाई, रमेश खतिवडा, गणेशबिक्रम शाहि र दोलखा उद्योग बाणिज्य संघका सचिव विमल श्रेष्ठले मन्तव्य व्यक्त गर्नुहुदै तत्काल सुधारको काम सुरु गर्न सरोकारवाला पक्षलाई आग्रह गर्नु भएको छ । दुई कार्यालयमा गरिएको तालाबन्दी भने स्थानिय प्रशासनले केही समयपछि नै तोडेको थियो ।

दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सडक डिभिजन प्रमुखलाई तत्काल सुधारको काम गर्न निर्देशन दिई सकेको र आफै स्थलगत अनुगमनमा गई दशैँमा यातायात सुचारु गर्ने बताउनुभयो । उहाँले टेलिकमको सुधारको लागि पनि आफुले निर्देशन दिएको र सुधारको काम भै रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button