शेयर बजारमा सुधार
काठमाण्डौ । साताको पहिलो दिन सेयर बजारमा २२ अंकको वृद्धि भएको छ । आइतबार नेप्से परिसूचक २२.३९ अंकले बढेर १ हजार ३ सय १४ दशमलव ५१ अंकमा पुगेको छ ।
आइतबार नेप्सेमा कारोबार हुने अधिकांश समूह उकालो लाग्दा बैंकिङ र फाइनान्सका लगानीकर्ताहरुले भने लगानी गुमाएका छन् । यि दुबै समूह क्रमशः ९.०२ अंकले र ०.६८ अंकले ओरालो लागेका छन् ।
नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सुधार देखिएको छ । दिनभर भएका १६ हजार ७५ कारोबारबाट ४९ लाख २१ हजार ८४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६७ करोड ५९ लाख ३८ हजार ८ सय २० रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड पहिलो स्थानमा देखिएको छ । नेपाल बैंकको २३ करोड १९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया राख्नुहोस्