तपाईँ सुन्दै हुनुहुन्छः

सरकार विकासमा अगाडी बढ्याः सञ्चार मन्त्री

भक्तपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले अप्ठ्यारोलाई छिचोल्दै सरकार विकासको गतिमा अगाडी बढीरहेको बताउनु भएको छ ।

भक्तपुरको नगरकोटस्थित तेलकोटमा आयोजित मनोहरा–निलबाराही–चाँगु–तेलकोट सडक निर्माणको शिलान्याश गर्नुहुदैं संचारमन्त्री बाँस्कोटाले गुणस्तरिय काम नगर्ने र ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई सरकारले उन्मुक्ती नदिने बताउनुभयो ।

प्रदेश नम्बर ३ सरकारले विनियोजन गरेको २७ करोड २५ लाख रुपैयाँ लागतमा १३ किलोमिटर सडक निर्माण गर्न लागिएको हो ।

त्यसअघि आजै काभ्रपलाञ्चोक उद्योग वाणिज्य संघले बनेपामा आयोजना गरेको कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले आन्तरिक विमानस्थलका लागि काभ्रेपलाञ्चोकमा सम्भावित अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा बनाइने बताउनुभयो ।

उहाँले काभ्रपलाञ्चोकमा आन्तिरिक विमानस्थल बनाउनेबारेमा सरकार पछी नहटेको स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button