तपाईँ सुन्दै हुनुहुन्छः

शेयरको मूल्यमा झिनो अङ्कको सुधार

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा झिनो अङ्कको सुधार आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३.७४ बिन्दुले बढेर एक हजार २६० बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९ बिन्दुले बढेर २७२.२७ बिन्दुमा पुगेको छ ।

स्टकका अनुसार कूल १७६ कम्पनीको १८ लाख एक हजार ५२२ कित्ता शेयर रु ६१ करोड ४१ लाख ४७ हजार ४११ मूल्यमा कारोबार भएका छन् ।

कारोबार भएका कूल एघार उपसमूहमध्ये आज पाँच उपसमूहको मात्रै शेयर बढेको छ भने छ उपसमूहको शेयर भने ओरालो लागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button