तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्ज नाकाबाट जडिबुटी निकासी ठप्प

नवीन गिरी । भारत सरकारले क्वारेन्टाइन सम्बन्धी नयाँ नीति लागू गरेपछि नेपालगञ्ज नाकाबाट हुने जडिबुटीको निकासी ठप्प भएको छ ।

भारत सरकारले क्वारेन्टाइन सम्बन्धी नयाँ नीति लागू गरी जारी गरेको सूचीमा नेपालगञ्जबाट निकासी हुने २६ वटा मात्र जडिबुटी परेका छन् ।

त्यसमा उल्लेखित कतिपय जडिबुटीको बैज्ञानिक नाम फरक परेका कारण भारत निकासी हुन नसकेको हो ।

भारत सरकारको पछिल्लो नीतिका कारण नेपालगञ्ज नाकाबाट निकासी हुँदै आएका पाखनवेद, कुरिलो, अमला, पदमचाल, चिराइतो, मलबेद, अतिष, कालादाना, सिका लगायतका जडिबुटी निकासी गत मंसिरदेखि नै ठप्प भएको नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष मोहम्मद याकुव अन्सारीले बताउनुभयो ।

नेपालबाट ८६ किसिमका जडिबुटी भारत निकासी हुने गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button