तपाईँ सुन्दै हुनुहुन्छः

शेयर बजार बिहीबार १५ अंकले बढ्यो

सुरेन्द्रमणि त्रिपाठी । केही दिनदेखि निरन्तर उकालो लाग्न थालेको शेयर बजार बिहीबार १५ अंकले उकालो लागेको छ ।

बजार तल्लो विन्दुमा पुग्दा निराश बनेका लगानीकर्ता पछिल्ला दिनको सुधारले उत्साहित बनेका छन् ।

संस्थागत तथा ठूला लगानीकर्ताको सक्रियता बढे पछि बजारले उकालो बाटो समातेको हो ।

वर्षभरिमा सामान्य आकारमा मात्र भएको बजेटरी खर्चको आकार बढ्दै जाने आशमा लगानीकर्ता उत्साहित बनेका हुन् ।

यसका साथै सूचीकृत कम्पनीहरुले तेस्रो त्रैमासको वित्तीय विबरण निकाल्दै चौथो त्रैमासमा गर्ने कमाईको आँकलन बजारले अहिले नै गर्न थालिसकेको छ ।

बिहीबार बजार खुलेपछि क्रमिक रुपमा सुधारिँदा १५.२२ अंकको सुधारसहित बन्द भएको हो । यो सँगैबजार परिसुचक नेप्से १२३२.३६ अंकमा उक्लिएको छ ।

बिहीबार १६५ कम्पनीका २४ लाख ६४ हजार कित्ता शेयर ७५ करोड १२ लाख रुपैंया बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button