तपाईँ सुन्दै हुनुहुन्छः

जापानी प्रतिनिधि मण्डलसँग प्राविधिक सहयोग विषयमा छलफल

काठमाडौं । एओटिएस जापानका अध्यक्ष सिन्ह्या कुवायमाको नेतृत्वमा आएको एक प्रतिनिधिमण्डल र नेपाल उद्योग परिसंघका पदाधिकारी बीच आपसी द्विपक्षीय प्राविधिक सहयोग सम्बन्धमा सोमवार छलफल भएको छ ।

छलफलमा एओटिएस जापानकाअध्यक्ष सिन्ह्या कुवायमाले नेपाल आर्थिक प्रगतिको पथमा तीव्र गतिले अगाडी बढी रहेको सन्दर्भमा विगतमा जस्तै आउँदा दिनहरुमा पनि जापान तथा नेपालमा समेत मानव संशाधनको विकासका क्षेत्रमा तालिमको माध्यमबाट सहयोग वृद्धि गर्ने संकेत गर्नु भयो ।

त्यसको लागि निजी क्षेत्र बढी क्रियाशील भई कुन क्षेत्रमा कस्तो सहयोग, तालिम वा  गोष्ठी गर्दा नेपाल र नेपालीको हीतमा हुन्छ सो प्रष्ट हुनु पर्ने बताउनु भयो ।

त्यस अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले मुलुक आर्थिक समृद्धि तर्फ अग्रसर भएको साथै समृद्ध नेपालसुखी नेपाली को नारा सहित समग्र मुलुक त्यसतर्फ लागिरहेको प्रसंग उल्लेख गर्दै हालै सम्पन्न नेपाल उद्यमशीलता सम्मेलनबाट नयाँशीप, ज्ञान र नवीनतम सोचको टड्कारो आवश्यकता महशुस भएको उल्लेख गर्नु भएको नेपाल उद्योग पसिंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button