तपाईँ सुन्दै हुनुहुन्छः

थप ७ संक्रमितलाई अस्पताल भर्ना गरियो

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा आज कोरोना पोजिटिभ देखिएका ७ जनालाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा निर्मित कोरोना विशेष आइसोलन वार्डमा भर्ना गरिएको छ ।

कोरोना संक्रमण पुष्टि भएका ९ बर्षीया बालिकासहित ४ जना महिला र ३ जना पुरुषलाई आज दिउँसो अस्पताल भर्ना गरिएको हो । यसअघि संक्रमण पुष्टि भएका १६ जनालाई पनि खजुरामै राखिएको छ ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कोरोना विशेष अस्पतालका प्रमुख समेत रहनुभएका भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाश बहादुर थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button