तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ५: कृषिकर्मी रोजगार कार्यक्रम सञ्चालन कार्यविधि २०७७ स्वीकृत

बुटवल । प्रदेश ५ मन्त्रिपरिषदको बुधबार बसेको बैठकले कृषिकर्मी रोजगार कार्यक्रम सञ्चालन कार्यविधि २०७७ स्वीकृत गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तयार गरेको सो कार्यविधि बैठकले स्वीकृत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो ।

बैठकले बर्दिया, प्युठान र रुकुम पूर्वमा एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय स्थापना गर्ने र प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन एवं पूर्वाधार निर्माण गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button