तपाईँ सुन्दै हुनुहुन्छः

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरमा काम शुरु

पर्वत । लकडाउनका बाबजुत पनि राष्ट्रिय गौरवका दुईवटा सडकको काम शुरु भएको छ । लकडाउनका कारण रोकिएको मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको निर्माण कार्य शुरु भएको हो ।

पर्वत खण्डमा पर्ने मध्यपहाडी लोकमार्गमा पक्कि बनाउने बाहेक अरु काम शुरु भएको छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापा मगरका अनुसार हाल ७५ जना कामदार साइडमा खटिएका छन ।

स्टक्चरको काम धेरै प्रतिशत सकिएकाले अव मेसिनबाट गर्नुपर्ने काम बाँकी रहेको बताउँदै मगरले असार सम्म कालोपत्र सक्ने लक्ष्य अनुसार काम शुरु भएको जानकारी दिनुभयो । आयोजनाको झण्डै ६० प्रतिशत काम सकिएको उहाँले बताउनुभयो ।

कालीगण्डकी करिडोरको बागलुङ खण्डमा काम शुरु भएको हो । पहिला दैनिक रूपमा करिब ३ सय जना मजदुरले काम गर्दै आएकोमा कोरोना भाइरसका कारण काम गर्ने मजदुर घटेपछी करिडोरमा ८० जनाले काम सुरु गरेका छन् ।

मध्यपहाडी लोकमार्गको पर्वत खण्डको २४ किलोमिटर सडक खण्ड मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत स्तरोस्नती सहित निर्माणको चरणमा छ । कुश्मा ८ चुवा स्थित भिर र तिलाहारको मह भिरको कटिङको धेरै काम सकिएको आयोजनाले जनाएको छ । चुवाको भिरमा बम ब्लास्ट गर्ने कार्य पनि सकिएका कारण निर्माण कार्य अव शुरु हुँदा प्रगति देखिने गरी आयोजनामा काम हुने आयोजना प्रमुख थापाले बताउनुभयो ।

अहिले कोरोनाको प्रभावको कारणले काम गर्ने मजदुर सबै घर फर्किए पछि असार सम्म सक्नुपर्ने काम सकिने सम्भावना नरहेको नेपाली सेनाको निर्माण कार्यदलले जनाएको छ ।

बागलुङको मालढुंगादेखि गुल्मीसम्म जोड्ने सडक निर्माणमा अहिलेसम्म १ अरब ४२ करोड खर्च भइसकेको छ ।

बागलुङको मालढुंगादेखि बलेवा एअरपोर्टसम्मको १० किलोमिटर सडक १० मिटर चौडाइ निर्माण सम्पन्न गरी सडक कालोपत्रे गर्न सडक बिभागलाई हस्तान्तण गरिसकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button