तपाईँ सुन्दै हुनुहुन्छः

असुरक्षित सिमाका कारण कोरोनाको संक्रमण बढदै

वीरगंज । वीरगंज बजार क्षेत्रमा रहेको बाक्लो बस्ती सँगै आम नागरिकहरुमा सार्वजनिक स्थलहरुमा जाँदा मास्क नलगाउने प्रवृति, सामाजिक दुरी कायम नगर्ने तथा असुरक्षित सीमाबाट आउजाउ गर्ने जस्ता समस्याका कारण वीरगंजमा कोरोना संक्रमण बढदै गएको छ ।

देशभर तथ्यांकमा आधारित संक्रमितको संख्या घटदै गएको भएपनि बीरगंजमा अहिले जोखिम बढदै गएको छ ।
सिमा क्षेत्रबाट उद्योगी व्यवसायीहरुले लुकिछिपी मजदुर भित्र्याउने प्रवृति तथा सिमा नाकाबाट हुने अवैध तस्करीको कारण वीरगंजमा कोरोनाको जोखिम बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

अहिले वीरगंजमा ट्राभल हिस्ट्री नभएका, संक्रमितको सम्पर्कमा नगएकाहरुमा पनि संक्रमण देखिन थालेको छ ।

यस्ता संक्रमित समाजमा कति छन भन्ने कुराको कुनै आंकलन नरहेको र वीरगंजमा परिक्षण गर्ने हो भने वीरगंजमा ठूलो संख्यामा कोरोना संक्रमित भेटिने चिकित्सकहरुले बताएका छन् ।

यति खेर भारतीय सिमावर्ती विहारको रक्सौलमा कोरोनाले महामारीको रुप लिएको छ दैनिक सो रक्सौलमा ठूलो संख्यामा नयाँ संक्रमित भेटिन थालेको छ ।

रक्सौल तथा विहारमा कोरोना संक्रमित बढदै जाँदा त्यसको प्रत्यक्ष प्रभाव वीरगंजमा देखिएको हुँदा सिमा नाका पूर्ण रुपमा सिलबन्दी गर्नु पर्ने माग नागरिक समाज पर्साका अध्यक्ष डा.दिपक शाक्यले गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button