तपाईँ सुन्दै हुनुहुन्छः

व्यावसायिक टिमुर खेतीमा सल्यानका किसान 

सल्यान । निवार्हमुखी खेतीमा अल्भिएका सल्यानका किसानका लागि टिमुरखेती गतिलो आम्दानीको स्रोत बन्दै गएको छ । बारीका ढिक, अनि बाझो बारीमा पाइने टिमुर पछिल्लो समय आम्दानीको राम्रो स्रोत बन्न पुगेको छ । धान, मकै, गहुँ लगायतका बालीहरू बारीमा लगाएर जीविकोपार्जन  गरिरहेका किसानलाई टिमुर खेती आम्दानीको मुख्य स्रोत बन्न पुगेको छ । 

दशक अघिसम्म घरमा अचार खान मात्रै टिमुरको बोट रोप्नुभएका बनगाड कुपिण्डे नगरपालिका ६ का लोक बहादुर बुढाथोकीले अहिले बारी, कान्ला सबैतिर टिमुर खेती गर्नुभएको छ ।वार्षिक ४देखि ५ क्विन्टलसम्म टिमुर उत्पादन हुँदै आइरहेको उहाँको भनाई छ । उहाँले भन्नु भयो ‘वर्षमा २÷४ क्विन्टल टिमुर उत्पादन हुनु त सामान्य कुरा हो, तीन वर्षअघिमात्रै मैले तीन सय बोट टिमुर रोपेको थिएँ, अहिले उत्पादन दिन शुरु गरिसकेको छ, गत वर्ष पनि लगाएँ, यस वर्ष पनि टिमुरकै बिरुवा रोपेको छु ।’ 

बारीका छेउ, कान्ला आदिमा टिमुर रोप्नु भएका तुलसी थापाले यस वर्ष सामूहिकरुपमै टिमुर लगाउनुभएको छ । ‘यहाँ रहेको लेकबेसी सामुदायिक वन समूहमा रहेका उपभोक्ताले वन विकासकै लागि ३२ सय टिमुरका बिरुवा रोपेका छौँ, टिमुरसँगै तेजपातलगायतका अरू बिरुवा गरेर नौ हेक्टरमा बिरुवा रोपिएको छ ’– उहाँले भन्नुभयो ।

। यस वर्ष बजारमा प्रतिकेजीको ४५० देखि ६०० रुपैयाँसम्म बिक्री भइरहेको छ । ग्रेडिङ गरेको टिमुर एक हजारदेखि एक हजार ६ सय रुपैयाँ प्रतिकेजीसम्ममा बिक्री हुन्छ । जिल्लाका करिब १ सय बढी किसानले फर्म नै दर्ता गरेर टिमुर खेती गरिरहेका छन् । यस बाहेक सामुदायिक वन, निजी बारी, कान्लामा समेत टिमुर खेती हँुदै आएको छ । जिल्लामा उत्पादन भएको टिमुर विभिन्न कम्पनीमार्फत देशभरका विभिन्न शहर हुँदै फ्रान्स र जर्मनीमा समेत निर्यात हुने गरेको छ ।

बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख कर्णबहादुर बुढाथोकीले उत्पादन भएको टिमुर फ्रान्स र जर्मनीमा समेत निर्यात भइरहेकाले टिमुर खेतीको प्रवद्र्धन र विस्तारमा नगरपालिकाले ध्यान दिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button