तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशमा कार्यसम्पादन करार सम्झौता सम्पन्न

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले बुधवार प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गङ्गादत्त नेपालसँग कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यक्रमहरूलाई थप प्रभावकारी र नतिजामुखी बनाउने उद्देश्यले यो सम्झौता गरिएको हो। प्रदेश नीति तथा योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश २०७५ अनुसार यो सम्झौता भएको हो।

सम्झौता अनुसार आयोगले वार्षिक स्वीकृत कार्यक्रमहरू कार्यान्वयन गर्ने,नयाँ तथा फरक शैलीका प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने उल्लेख गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button