तपाईँ सुन्दै हुनुहुन्छः

कतारका लागि नेपालको आवासीय राजदूतमा पौडेल नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रमेशचन्द्र पौडेललाई कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पौडेललाई कतारका लागि राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीद्वारा आज जारी विज्ञप्तमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button