तपाईँ सुन्दै हुनुहुन्छः

गत बर्ष आउटब्रेक भएको लुम्बिनीमा यस बर्ष दादुरा रुबेला शून्य

नेपालगञ्ज । लुम्बिनी प्रदेशमा यो बर्ष दादुरा रुबेला देखिएको छैन । गत बर्ष लुम्बिनीको नेपालगञ्जमा महामारीका रुपमा देखिएको दादुरा रुबेला यो बर्ष यहाँका १२ जिल्लामा कतै देखिएको छैन । 

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरीले सन् २०२४ मा लुम्बिनी प्रदेशमा दादुरा रुबेला शून्य अवस्थामा रहेको बताउनुभयो । गत बर्ष नेपालगञ्जमा आउटब्रेक  भयो, यस बर्ष अहिलेसम्म कतै देखिएको छैन, गिरीले भन्नुभयो, आउटब्रेकपछि रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै खोप अभियानलाई प्रभावकारी बनाइएकोले अहिले केश देखिएको छैन । गिरीले सबैको साझा प्रयास र हातेमालोबाट सरकारको लक्ष्य हासिल गर्न सकिने बताउनुभयो । 

नेपालगञ्जमा सन् २०२३ मा ३०० भन्दा बढी केश देखिएका थिए । नेपाल सरकारले सन् २०२३ मा दादुरा(रुबेला उन्मूलन भएको घोषणा गर्ने लक्ष्य लिए पनि नेपालगञ्जमा आउटब्रेक भएपछि लक्ष्य पछाडि धकेलिएको छ । सन् २०२६ मा दादुरा रुबेला उन्मूलन गर्ने नयाँ लक्ष्य निर्धारण गरिएको छ । सरकारको लक्ष्य हासिल गर्न सबै पक्ष मिलेर खोजपड्ताललाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाको जोड छ । खोप लगाउन कोही पनि बालबालिका छुट्न नहुने गिरीले बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button