तपाईँ सुन्दै हुनुहुन्छः

न्यायालयमाथि भरोसा गर्नेले सडकमा आइराख्नु पर्दैन : पर्यटनमन्त्री पाण्डे

चितवन । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सबैले न्यायालयले विश्वास गर्नुपर्ने बताउनु भएको छ । 

आज भरतपुरमा पत्रकारहरुसंँग कुरा गर्दै उहाँले न्याय पाउने अन्तिम विकल्प न्यायालय मात्र भएको बताउनु भयो । पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै उहाँले सहकारी ठगी प्रकरणमा उहाँले रवि लामिछानेलाई सडकमा मान्छे उतारेर न्यायालयलाई प्रभाव नपर्ने उहाँको भनाई थियो । ‘छानबिन समितिको प्रतिवेदनको आधारमा उहाँले न्यायलाई सघाउनु पर्छ, न्यायालयमाथि भरोसा गर्छु भन्ने, अनि सडकमा मान्छे पनि उतार्ने व्यवहारिक पनि देखिँदैन ।’ मन्त्री पाण्डेले भन्नुभयो । 

शक्तिका भरमा कोही दोषमुक्त नहुने भन्दै उहाँले न्यायालय प्रति भरोसा गर्न पनि आग्रह गर्नुभयो । छानबिन समितिको प्रतिवेदनको आधारमा सरकारले कार्यान्वयन गर्ने प्रक्रियामा रहेकोले अनुसन्धानमा सहयोग गर्न समेत उहाँले सुझाव दिनुभयो । ‘सरकारले गरेको काममा सहयोग गर्नुपर्छ । यो किन म किन परिन भन्ने बिषयान्तर गर्न जरुरी छैन ।’ मन्त्री पाण्डेले भन्नुभयो ।

अर्को फरक प्रसङ्गमा उहाँले नेपाली आकाशलाई कसरी सुरक्षित र गतिशिल बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “नागरिक उड्डयनको क्षेत्रमा नेपाली आकाशलाई कसरी सुरक्षित गर्ने र गतिशिल बनाउने भन्ने सन्दर्भमा अध्ययन भइरहेको छ । अध्ययन पछि बन्ने नीति र नीति पछि बन्ने कानुन,  कानुनले निर्धारण गर्ने विभिन्न संरचना के हुन सक्छ भन्ने विषयले महत्व राख्छ ।” आकाशलाई सुरक्षित र गतिशिल बाउनका लागि मन्त्रालयले कामहरू अघि बढाई सकेको उहाँले जानकारी दिनुभयो । चाडै यसको परिणाम मन्त्रालयले प्राप्त गर्ने उहाँको भनाई थियो ।  

भरतपुर विमानस्थलका लागि नागरिक उड्यायन प्राधिकरणले काम गरिरहेको बताउनुभयो । सेना सार्नुपर्ने र सेना सारेको अवस्थामा मात्रै धावनमार्ग बढाउन सकिने उहाँको भनाई छ । यस विमानस्थल बिस्तारको विषयमा आफूले सरोकारवाला निकायसँग निरन्तर सम्पर्क गर्ने गरेको मन्त्री पाण्डेले बताउनुभयो । मन्त्रालयका छुट्टाछुट्टै तीनवटा विभागमा नीतिगत, कानुनी र संरचनात्मक सुधार के गर्न सकिन्छ भन्ने विषयमा जोड दिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button