तपाईँ सुन्दै हुनुहुन्छः

विश्व पोलियो दिवसमा बर्दिबासमा मिनि म्याराथुन प्रतियोगिता

बर्दिबास । विश्व पोलियो दिवसको अवसरमा आज महोत्तरीको बर्दिबासमा खुल्ला मिनि म्याराथुन प्रतियोगिता सम्पन्न भएको छ ।

बर्दिबासको गौतम होटल अगाडी रहेको खुल्ला चौरकाट शुरु भएको मिनि म्याराथुन प्रतियोगिताका खेलाडीहरू बर्दिबासको जनता क्याम्पस हुँदै हमाल टोल भएर बिपी राजमार्ग भएर पुनः खुल्ला चौरमा आएर समापन भएको थियो ।

प्रतियोगितामा महिला तथा पुरुष गरेर ९५ जना धावक खेलाडीहरूको सहभागिता रहेको थियो ।

रोटली क्लब बर्दिबासको आयोजनामा आयोजित ९ किलोमिटरको मिनि म्याराथुन प्रतियोगितामा सहभागी ९५ जनामध्ये सिन्धुलीको दुधौली नगरपालिका वडा नंं १२ का वर्ष ३२ को बोधराज भट्टराई प्रथम स्थान हासिल गर्नुभयो ।

यसैगरी बर्दिबास नगरपालिका वडा नंं १३ का वर्ष २७ को रोशन किङरिङले द्वितीय र बर्दिबास नगरपालिका वडा नंं ४ का वर्ष २७ कै अमृत बस्नेतले तृतीय स्थान हासिल गर्नुभयो ।

पोलियो प्रति जनचेतना फैलाउने उद्देश्यले भएको ९ किलोमिटर दूरीको मिनि म्याराथुन प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नुहुने भट्टराईले ३३ मिनटमा दूरी तय गर्नुभएको थियो । यसैगरी द्वितीय हुने किङरिङले ३३ मिनट २३ सेकेण्ड तथा तृतीय हुने बस्नेतले ३६ मिनटमा सो दूरी पार गर्नुभएको रोटरी क्लब बर्दिबासका अध्यक्ष विष्णु पुरीले जानकारी दिनुभयो ।

मिनि म्याराथुनमा प्रथम स्थान प्राप्त गर्नेले प्रमाणपत्र तथा १० हजार नगद, द्वितीय हुनेले ७ हजार नगद तथा प्रमाणपत्र एवं तृतीय हुनेले ५ हजार नगद तथा प्रमाणपत्र प्राप्त गर्नुभयो ।

विजयी खेलाडीहरूलाई मधेश प्रदेशका पूर्व राज्यमन्त्री एवं प्रदेशसभा सदस्य शारदा देवी थापाले पुरस्कार प्रदान गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button