तपाईँ सुन्दै हुनुहुन्छः

स्कोर्पियोको ठक्करबाट दुईको मृत्यु, चार घाइते

कपिलवस्तु । कपिलवस्तुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बिहीबार बिहान करिब ९ बजे बुद्धभूमि नगरपालिका वडा नम्बर ९२, गोरुसिङ्गेमा स्कर्पियोले अटोलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका थिए । जसमध्ये एक जना नाम नखुलेका पुरुषको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक बीर बहादुर सुनारका अनुसार पश्चिमबाट पूर्व जाँदै गरेको स्कार्पियोले वृद्धभत्ता लिन लक्ष्मी सनराइज बैङ्क जाँदै गरेको सवार अटोलाई ठक्कर दिएको थियो । बा प्र–०१–०२९ च ९१५० को स्कार्पियोले लु १ ह ३०९२ नम्बरको अटोलाई बैङ्क अगाडि ठक्कर दिएको थियो ।

दुर्घटनामा सोही नगरपालिका वडा नम्बर १० जनकपुर बस्ने वर्षीय ७० सरस्वती पासीको घटना स्थलमा मृत्यु भएको हो । घाइते हुनेमा विद्यावती पासी, भानमती पासी, जवाहिर अहिर र अटो चालक लोकबहादुर कुँवर रहेका छन् । उनीहरुलाई थप उपचारका लागि बुटवल रेफर गरिएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button