तपाईँ सुन्दै हुनुहुन्छः

शैक्षिक क्षेत्र सुधारका लागि छायाँनाथको योजना

मुगु । शैक्षिक क्षेत्र सुधारका लागि मुगुको छायाँनाथ रारा नगरपालिकाले शैक्षिक योजना निर्माण सुरुवात गरेको छ ।
आफ्नो पालिकामा गुणस्तरीय शिक्षा, शैक्षिक क्षेत्रको विकासको लागि छायाँनाथ रारा नगरपालिकाले शिक्षा योजना निमार्ण कार्य थालेको हो ।

छायानाथ रारा नगरपालिकामा ४५ वटा सामुदायिक विद्यालय ४१ वटा प्रारम्भिक बालबिकास केन्द्र र  ५ वटा समुदायमा आधारित गरी ४६ वटा र ४ वटा संस्थागत विद्यालय छन् ।  नगरपालिका भित्रका रहेका विद्यालयहरूको  शैक्षिक अवस्था  खस्कँदो अवस्थालाई मध्यनजर गदै छायानाथ रारा नगरपालिकाले शिक्षामा सुधार ल्याउन शिक्षा क्षेत्रको योजना बनाइ  कार्यान्वयन गर्न लागेको  छ । 

छायानाथ रारा  नगरपालिकाले आगामी दश वर्षभित्र सबै नागरिकलाई शिक्षामा पहुँचको अवसर प्रदान गरी, समतामुलक समावेशिताका आधारमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य सहित सिकाइमैत्री वातावरण निर्माण गरी व्यावसायिक, सीपमूलक र प्रविधिमूलक शिक्षामा जोड दिने र आधारभूत तहको शिक्षालाई, निःशुल्क, अनिवार्य, बालमैत्री, समावेशी तथा शिक्षामा पहुँच सुनिश्चित गर्ने योजनाका साथ छायानाथ रारा नगरपालिकाले शिक्षा योजना निमार्ण गर्न थालिएको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले बताउनु भयो ।

शिक्षा योजना निमार्णका लागि नगरपालिका भित्रका विज्ञ सरोकारवालाहरू, शिक्षकहरूको सहभागितामा सुझाव सङ्कलन गरि शिक्षा योजना निमार्ण गर्न गत सोमबार देखी ३ दिनसम्म छलफल,अन्तरक्रिया,नमुना योजना निर्माण थालिएको थियो  ।

प्रारम्भिक बालबिकास,आधारभूत शिक्षा,माध्यमिक शिक्षा लगायत अन्य शिक्षा क्षेत्रको विकासका लागि शिक्षा योजना अनिवार्य भएकाले छायानाथ रारा नगरपालिकाले शिक्षा योजना निमार्ण गर्न थालेको नगर प्रमुख भामको भनाई छ ।

छायानाथ रारा नगरपालिकाका शिक्षा शाखा प्रमुखको संयोजकत्वमा ९ सदस्यीय लेखन समिति गठन गरिएको र लेखन समितिले आगामी  तिन हप्ता भित्र सरोकारवाला निकायको राय सुझावका आधारमा छायाँनाथ रारा नगरपालिकाको शिक्षा योजना निमार्ण गर्ने जनाइएको छ ।

छायानाथ रारा नगरपालिकाको शिक्षा योजना निमार्ण पछि एक औपचारिक  कार्यक्रमका बिच बाँकी विविध विषयमा छलफल गरी पूर्णता दिने र त्यसपछि शिक्षा योजना कार्यपालिकाबाट अनुमोदन गरी छायानाथ रारा नगरपालिकामा लागु गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहिले बताउनु भयो  । 

छायानाथ रारा नगरपालिकाको शिक्षा क्षेत्र योजना निमार्णका लागि युनिसेफ नेपालको आर्थिक र  समाज जागरण केन्द्र (स्याक-नेपाल )को  प्राविधिक सहयोगमा शिक्षा योजना निमार्ण गर्न लागिएको हो ।

शिक्षा योजना निमार्णका लागि युनिसेफ नेपालका शिक्षा अधिकृत फर्सुराम पन्थ र समाज जागरण केन्द्र स्याक नेपालका एस।ई।एस।पि संयोजक हरि भक्त तिवारीले छायानाथ रारा नगरपालिकाको शिक्षा योजना निमार्णमा सहजीकरण गर्नु भएको थियो ।

विद्यालय शिक्षा सुधारका लागि विभिन्न क्षेत्रको सुधार गर्न ११ वटा क्षेत्र तोकेर सोही अनुसार विभिन्न समितिहरू बनाइ ती क्षेत्रहरूको हालको अवस्था,चुनौती,उद्देश्य,रणनीति र १० भित्रमा कुन कुन सूचक कति कति एकाइमा नगरपालिकाले पूरा गर्ने भनेर समितिहरूले घनिभूत रुपमा छलफल र स्रोत खोजीनिती गर्दै प्राविधिक सहयोग कार्यशालामा नमुना क्षेत्र सुधार योजना तयार पारी प्रस्तुत गरेको समाज जागरण नेपाल (स्याक-नेपाल)का  शिक्षा अधिकृत नरेन्द्र रावलले बताउनु भयो ।

विगत वर्षहरुमा छायानाथ रारा नगरपालिकामा विना योजना शिक्षा क्षेत्र सुधारका कार्यक्रम,योजना सञ्चालन हुँदै आएपनी अब देखि भने नगर शिक्षा क्षेत्र योजनाले लिएको लक्ष्य पूरा गर्ने गरि शिक्षाका गतिविधि,योजना,कार्यक्रम कार्यान्वयन गरिने छायानाथ रारा नगर पालिकाका उपप्रमुख ऐश्वर्या मल्लले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button