तपाईँ सुन्दै हुनुहुन्छः

गोसाइँकुण्डमा हिमपात सुरु

रसुवा । गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु भएको छ । लौरीविनायकभन्दा माथिल्लो भेग र यार्साको सातधारालगायतका स्थानमा हिमपात भएको स्थानीले बताएका छन् । 

हिमपातसँगै नौकुण्ड गापाअन्तर्गत दोक्लाङ, रजाङ, सिङ्बन्दी, लारच्याङ्टार, बच्चा, लोकिल, सरमथलीको नेर्कुडाँडालगायत स्थानमा चिसा बढेको नौकुण्ड गाउँपालिका–३ का कार्यवाहक वडाध्यक्ष मेङ्मर थिङ तामाङले बताउनुभयो ।

चिसो बढेसँगै बालबच्चा र ज्येष्ठ नागरिकमा रुघाखोकीको समस्या बढेको वडाअध्यक्ष तामाङले जानकारी दिनुभयो । हिउँद सुरु हुनेबित्तिकै हिमपात हुन थालेपछि यस वर्षको हिउँदे बाली सप्रिने आशामा रहेको यार्सा दोक्लाङका युवा गोरमेन तामाङले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button