तपाईँ सुन्दै हुनुहुन्छः

नागरिकलाई आशा जगाएर सुशासन कायम गर्नु अहिलेको प्रमुख आवश्यकता : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनतालाई आशा जगाएर सुशासन कायम गर्नु अहिलेको प्रमुख आवश्यकता बताउनु भएको छ । 

आज सल्यानमा आयोजित सर्वदलीय बैठकमा मुख्यमन्त्री कँडेलले लामो समयको सघर्षपछि राजनीतिक परिवर्तन भएको र जनताले नयाँ किसिमले कार्यसम्पादन खोजिरहेकोले नागरिकलाई आशा जगाएर सुशासन कायम गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभएको हो । गणतान्त्रिक व्यवस्था ल्याउन हामी सबै मिलेर सङ्घर्ष गरेका हौ, मुख्यमन्त्री कँडेलले भन्नुभयो, व्यवस्थाका लागि सङ्घर्ष गर्दा जनता समक्ष गरिएका वाचाहरू पनि बिर्सनुहुँदैन ।  दलका नेता र जनप्रतिनिधि मध्ये कोही कसैले गलत गर्‍यो भन्दैमा व्यक्तिको गल्तीलाई सिङ्गो व्यवस्थामाथि नै दोष लगाएर जनतामा वितृष्णा फैलाउने काम भइरहेको भन्दै मुख्यमन्त्री कँडेलले व्यवस्थामाथि लान्छाना लगाउनु भन्दा आफ्ना काम र कर्तव्यमा जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो ।  

व्यक्ति विशेष खुशी बनाउने नाममा अनेकन विकृतिहरू भित्रिरहेको बताउँदै मुख्यमन्त्री कँडेलले  व्यक्ति खुशी बनाउनुभन्दा नीति र निर्णय राम्रो बनाउन सके सबैले लाभ लिन सक्ने परिस्थिति निर्माण हुनेमा जोड दिनुभयो । 

यसअघि जिल्लास्थित स्थानीय तहका प्रमुख एवम् सरकारी कार्यालयका प्रमुखहरूसँगको छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले संविधानले तीनै तहका सरकारलाई आ आफ्ना सीमा क्षेत्र तोकेको बताउँदै तीनै तहका सरकारबीच समन्वयात्मक ढंगले अघि बढ्नुपर्ने बताउनुभयो । हामी सबैका आ-आफ्ना छुट्टाछुट्टै जिम्मेवारी र दायित्व छन्, मुख्यमन्त्री कँडेलले भन्नुभयो ती सबै दायित्व र जिम्मेवारी जनताका लागि हुन भन्ने विषयलाई हामीले हेक्का राख्नुपर्दछ । आफ्नो बजेटले  धान्न सक्ने अर्थतन्त्रको अवस्था हेरेर  योजना बनाउन स्थानीय तह सुझाव दिँदै मुख्यमन्त्री कँडेलले गच्छे अनुसारको सरकार चलाउने लयमा लागियो भने मात्र जनतामा निराशा पैदा नहुने उहाँको भनाई थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button