तपाईँ सुन्दै हुनुहुन्छः

औद्योगिक क्रान्तिमा सुदूरपश्चिमले अब फड्को मार्छ : मन्त्री भण्डारी 

कञ्चनपुर । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक क्रान्तिमा सुदूरपश्चिमले अब फड्को मार्ने दाबी गर्नुभएको छ । 

कञ्चनपुर पुग्नु भएका मन्त्री भण्डारीले बुधबार कञ्चनपुर उद्योग वाणिज्य सङ्घको ३३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सुदूरपश्चिमको कञ्चनपुरमा दोधाराचाँदनी सुक्खा बन्दरगाह र दैजीछेला औद्योगिक क्षेत्र निर्माणलाई तीव्रता दिइनुका साथै चीनसँग जोडिएका दार्चुलास्थित तिङ्कर नाका र बझाङस्थित ताक्लाकोट नाका पुनः सञ्चालनमा ल्याउने सरकारको तयारी रहेको बताउनु भयो ।

उहाँले सुदूरपश्चिममा साना, मझौला तथा ठुला उद्योगहरूको विकास गरी त्यसबाट रोजगारी सिर्जना गर्ने योजना सहित निजी क्षेत्रसँग समेत सहकार्य गरिरहेको सुनाउनु भयो । मन्त्री भण्डारीले बुधबार नै दोधाराचाँदनीस्थित प्रस्तावित दोधाराचाँदनी सुक्खा बन्दरगाह स्थल, निर्माणाधीन मझगाउँ विमानस्थल र वेदकोटस्थित दैजीछेला औद्योगिक क्षेत्र निर्माण स्थलको अवलोकन गर्नु भएको छ । उहाँले महेन्द्रनगर स्थित नेकपा एमाले कञ्चनपुरको पार्टी कार्यालयमा नेता कार्यकर्ताहरूसँग भेटघाट र होटेल चेतनमा सरोकारवालाहरूसँग अन्तरक्रिया समेत गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button