तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रीमा भेषबहादुर पौडेल

पोखरा । गण्डकी प्रदेशमा मन्त्री परिषद्ले पूर्णता पाएको छ । प्रदेशको वन तथा वातावरण मन्त्रीमा भेषबहादुर पौडेल नियुक्त भएसँगै गण्डकी प्रदेशमा मन्त्री परिषद्ले पूर्णता पाएको हो ।

नवनियुक्त मन्त्री पौडेललाई प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।

प्रदेशमा अब ९ वटा मन्त्रालय पुगेको छ । जस मध्य मुख्यमन्त्रीसहित काँग्रेसको भागमा ५, एमालेको भागमा ४ वटा मन्त्रालय परेको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै सरकार विस्तार गर्नुभएको हो । केही समयदेखि खाली रहेको वन तथा वातावरण मन्त्रालयमा लमजुङका पौडेललाई मुख्यमन्त्री पाण्डेले उक्त मन्त्रालयको जिम्मा दिनु भएको हो । पौडेल लमजुङ कांग्रेसका निवर्तमान सभापति हुनुहुन्छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबाट राजीव गुरुङ उर्फ दीपक मनाङेलाई वन मन्त्रालयको जिम्मेवारीमा परिवर्तन गरेपछि उहाँले मन्त्री पदबाटै तत्कालै राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button