तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रेमा आज एकै दिन १६ जनामा डेंगु संक्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या ३ सय ८६ पुग्यो

काभ्रेपलान्चोक । काभ्रेपलान्चोक जिल्लाको जनस्वास्थ्य कार्यालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा साउनयता डेंगु सङ्क्रमितको सङ्ख्या ३ सय ८६ पुगेको छ । ती मध्ये १ सय ७७ महिला र २ सय ९ पुरुष छन् । गएको २४ घण्टामा १६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेको सङ्ख्या दैनिक बढिरहेको तथ्याङ्कले देखाएको छ ।

बनेपा, पनौती र धुलिखेल क्षेत्रमा बढी संक्रमित भेटिएका छन् । बनेपा नगरपालिकामा १ सय ३२ जना, पनौती नगरपालिकामा ६६ जना र धुलिखेलमा ५९ जनामा संक्रमण पुष्टि भएको थियो ।

भुम्लु गाउँपालिकामा २८ जना, पाँचखालमा ६३ र मण्डनदेउपुर नगरपालिकामा २५ जना, नमोबुद्ध नगरपालिकामा १२ जना, रोशी गाउँपालिकामा १० जना, चौरीदेउराली गाउँपालिकामा २ जनाका साथै तेमाल र महाभारत गाउँपालिकामा १र१ जनामा संक्रमण पुष्टि भएको छ । बेथानचोकमा ३ जनामा संक्रमण पुष्टि हुँदा खानीखोलामा भने हालसम्म संक्रमित भेटिएका छैनन् ।

काभ्रेमा आर्थिक बर्ष २०७८/७९ मा ४ सय ८७ जना, २०७९/८० मा ६ सय ८२ जना, २०८०/८१ मा २ सय ५१ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button