तपाईँ सुन्दै हुनुहुन्छः

न्यायपालिकाको सुधार आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामा : प्रधानन्यायाधीश राउत

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको सुधार आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामा रहेको बताउनुभएको छ । 

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको भेटघाटमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानन्यायाधीश राउतले जस्तोसुकै परिस्थितिमा पनि न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा आफूले कुनै कसर नराख्ने बताउनुभयो । 

प्रधानन्यायाधीश राउतले न्यायपालिकाभित्र पारदर्शिता र जबाफदेहिता कायम राख्दै न्यायपालिकाको सुधारको आफ्नो अभियान जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि नरोकिने स्पष्ट पार्नुभयो । 

जनआस्था र जनताको विश्वासको भरमा न्यायपालिका टिकेको बताउँदै प्रधानन्यायाधीश राउतले अदालतभित्रका चुनौती छिचोलेर कतिपय असहज परिस्थितिको समाधान गर्न आफू प्रतिबद्धता रहेको बताउनुभयो । 

प्रधानन्यायाधीश राउतले नागरिकको अभिव्यक्ति स्वतन्त्रताप्रति पनि न्यायपालिका सचेत रहेको बताउँदै समग्रमा देश, जनता र संविधानप्रति इमान्दारपूर्वक काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 

कतिपय समय र अवस्थामा नियतवश: अदालतको हुर्मत लिने र अतिरञ्जना फैलाउने जस्ता विषय क्षम्य नहुने भन्दै प्रधानन्यायाधीश राउतले त्यस्ता विषयमा अदालतले संयमता कायमै राख्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button