तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनामा परि एकको मृत्यु एक घाइते 

बर्दिया । बर्दियामा सवारी दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि मधुवन नगरपालिका ५ बस्ने ५४ बर्षीय तुल बहादुर गुरुङको मृत्यु भएको छ भने गुरुङसँगै मोटरसाईकलमा सवार गोपीलाल बस्नेत गम्भीर घाइते भएका छन्। 

हुलाकी सडक अन्तर्गत मधुवन नगरापालिका वडा नं ४ बेलुवा चोकमा लु १ क ८६२ नम्बरको ट्रकमा भे ९ प २०४३ नम्बरको मोटरसाइकल ठोकिएको थियो । मोटरसाइकल चालक तुलबहादुरलाई जिल्ला अस्पताल बर्दिया पुर्‍याउँदै गर्दा मृत्यु भएको थियो भने घाइते बस्नेतलाई उपचारको लागि नेपालगञ्ज पठाइएको छ । ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button