तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरको कैलाश गाउँपालिकामा एक व्यक्ति मृत फेला

मकवानपुर । जिल्लाको दुर्गम क्षेत्रमा रहेको कैलाश गाउँपालिकामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, मृत फेला परेका व्यक्ति कैलाश गाउँपालिका(३ का ४६ वर्षीय ठूलोकान्छा चेपाङ हुन्। उनको शव फास्टरस्थित कालिखोलामा भेटिएको हो।

प्रारम्भिक जानकारी अनुसार, चेपाङ गाउँमा भएको घेवा (मृत्यु संस्कार) कार्यक्रममा सहभागी भएर घर फर्कने क्रममा सम्पर्कविहीन भएका थिए। परिवारजनले खोजी गर्दा उनलाई मृत अवस्थामा फेला पारेका हुन्।

प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button