तपाईँ सुन्दै हुनुहुन्छः

मनकामना केबलकार पुनः नियमित सञ्चालनमा

मुग्लिन (चितवन) ।  मनकामना केबलकार पुनः नियमित सञ्चालनमा आएको छ ।

मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनका अनुसार मर्मत सम्भारका लागि गत असोज २९ गतेदेखि यही कात्तिक १ गतेसम्म बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको हो ।

उक्त अवधिभर मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने काम भएको प्रबन्धक शेरचनले बताउनुभयो । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो ।

केबलकारको प्रवेशद्वार बटम स्टेसन भने चितवनको  इच्छाकामना गाउँपालिका ४ चेरेसमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button