तपाईँ सुन्दै हुनुहुन्छः

‘समृद्धिका लागि शिक्षामा सुधार ल्याउनुपर्छ’

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देश समृद्धि र विकासका लागि शिक्षामा सुधार ल्याउनुपर्ने बताउनुभएको छ ।

जनतासँग जसपा, नेपाल आधारभूत सङ्गठन निर्माण अभियानअन्तर्गत सप्तरीको राजविराजमा आज आयोजित कार्यक्रममा उहाँले देशलाई अगाडि बढाउन त्यसका लागि शिक्षाको विकास हुनु आवश्यक रहेको बताउनुभयो ।

“सबैभन्दा बढी शिक्षा क्षेत्रको अवस्था लथालिङ्ग भएको छ”, अध्यक्ष यादवले भन्नुभयो, “कुनै पनि मुलुकको विकास र समृद्धिका लागि त्यो देशको जनता शिक्षित हुनुपर्छ ।” उहाँले देशको विकास र समृद्धिका लागि गरिबी, बेरोजगारी र भ्रष्टाचार अन्त्य गरी समाजवादी व्यवस्था स्थापना गर्नुको विकल्प नरहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button