तपाईँ सुन्दै हुनुहुन्छः

डडेलधुरामा बोरामा राखेर फालिएको एक युवतिको शब फेला पर्‍यो

डडेलधुरा  । डडेलधुरा सदरमुकाम नजिकै बोरामा राखेर फालिएको अवस्थामा एक युवतिको शब फेला परेको छ । 

अमरगढी नगरपालिका-७ पोखराकी १४ बर्सिया आरती भट्टराईको शव आज दशैको दिन बिहानै फेला परेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी प्रहरी निरीक्षक उपेन्द्र बमले बताउनुभयो । 

शुक्रवार राति ९ बजेपछि अज्ञात व्यक्तिले प्लास्टिकको बोरामा राखेर शव फ्याँकेर गएको आशङ्का प्रहरीले गरेको छ । स्थानीयले बलात्कारपछि हत्या गरेर शव फ्याँकिएको हुन सक्ने अनुमान गरेका छन् । राति मोटरसाइकलमा आएका व्यक्तिले शव फ्याँकेको हुन सक्ने स्थानीयको आशङ्का छ । तर, प्रहरीले भने अनुसन्धानपछि मात्रै विस्तृत जानकारी आउने बताइएको छ । प्रहरीले आरतीको शरीरमा कुनै चोटपटक नदेखिएको बताएको छ । 

डडेलधुरा प्रहरीले अनुसन्धानका लागि शङ्कास्पद एक व्यक्तिलाई पक्राउ गरेको छ  ।  तर उनको परिचय भने खुलाएको छैन । आरतीको शब अहिले डडेलधुरा अस्पतालमा पोस्टमार्टमका लागी ल्याइएको प्रहरीले जनाएको छ । हत्याको आशङ्का रहेको भन्दै हत्याराहरूलाई कानुनी कारबाही गर भन्दै स्थानीयहरू नाराबाजीमा उत्रिएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button